सिक्किम विधानसभामा ३२ मध्ये ३१ सीट जित्यो तामाङ नेतृत्वको एसकेएम पार्टीले – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

सिक्किम विधानसभामा ३२ मध्ये ३१ सीट जित्यो तामाङ नेतृत्वको एसकेएम पार्टीले

काठमाडौं– सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ। गत अप्रिल १९ (वैशाख ७ गते)मा भएको विधानसभा चुनावको नतिजा आइतबार सार्वजनिक भएसँगै एसकेएमलाई यति उच्च सफलता मिलेको हो।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिटमा जीत हासिल गरेको छ। सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीले एक सिटमा पनि जीत निकाल्न सकेनन्।
पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) पनि राज्यबाट बढारिएको छ। सिक्किम विधानसभामा एसकेएमको यो लगातार दोस्रो जित हो।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले रेनोक र सोरेङ–चाकुङ दुवै क्षेत्रबाट चुनाव जितेका छन्। यो जीतसँगै एसकेएमका नेता प्रेमसिंह तामाङ (पीएस गोले) फेरि मुख्यमन्त्रीमा दोहोरिने पक्का छ।

सन् २०१९ को चुनावमा एसकेएमले १७ र सिक्किम डेमोक्रेटिक फन्ट(एसडीएफ)ले १५ सिट जितेको थियो। तर, चुनाव जितेको केही दिनमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पवन चाम्लिङको एसडीएफका १० सांसद भाजपा प्रवेश गरेका थिए।

उपनिर्वाचन भएका २ क्षेत्र समेत उसले गुमाएको थियो। पवन चाम्लिङको पार्टीबाट १० सांसद भित्र्याउन दोस्रो ठूलो दल बनेको भाजपा पनि यो चुनावमा बढारिएको छ।

पीएस गोलेले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) गठन गरेर अर्को वर्ष निर्वाचनमा होमिएका गोलेको पार्टीले विधानसभामा १० सिटमा जित हासिल गरेको थियो।

तामाङको पार्टीले नेपाली समुदायलाई लागेको ‘विदेशी’को ट्याग हटाउने, पञ्चायत चुनाव हटाएको, शिक्षक, उपप्राध्यापकलाई अस्थायी रोजगार दिनु, श्रमिकको ज्याला मासिक १५ हजार भारु पुर्याउने, गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने, एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई सहयोग र अनुदानलगायतका योजनाका कारण पाएको लोकप्रीयताले सफलता मिलेको बताइन्छ।

सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारको चौथो कार्यकाल (२००९–०१४) मा उनले मन्त्री पद मगेका थिए। तर, पवन चालम्लिङले तामाङलाई मन्त्री पद दिन अस्वीकार गरे। त्यसपछि तामाङले पार्टीमा विद्रोह गरेर आफ्नै नेतृत्वमा एसकेएम गठन गरेका थिए।

उनी भ्रष्टाचारको आरोपमा सन् २०१६ मा जेल गएपछि विधानसभा सदस्य पद खारेज भएको थियो।

सम्बन्धित समाचार

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८१ जेष्ठ २०, १८: ३६

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८१ जेष्ठ २०, १८: ३६

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ जेष्ठ २०, १८: ३६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...