सांसद डा.शर्माको पहलमा कतारका नेपाली श्रमिक र गैरआवासीय नेपालीलाई केएमसीमा सहुलियतमा उपचार हुने – Naya Bikalpa
June 19, 2024, Wednesday

सांसद डा.शर्माको पहलमा कतारका नेपाली श्रमिक र गैरआवासीय नेपालीलाई केएमसीमा सहुलियतमा उपचार हुने

काठमाडौं। प्रतिनिधि सभाका सांसद डा.सुनिल शर्माले कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई काठमाडौं मेडिकल कलेज (केएमसी)मा सहुलियत शुल्कमा स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्ने भएका छन्।

संघीय सांसदका सदस्य डा.सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवारका सदस्यहरुका लागि विरामी भई उपचार गर्दा केएमसीमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन्।

कतारको राजधानी दोहास्थित नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली जनसम्पर्क समिति कतारबीच नेपाली राजदुत डा.नरेश विक्रम ढकालको उपस्थितिमा काठमाडौं मेडिकल कलेजले सम्झौता गरेको हो।

सम्झौताअनुसार अव कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिसत छुट हुने भएको छ।

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै सिनामंगलस्थित केएमसीमा उपचारकालागि आउने क्रममा एम्बुलेन्सको प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ।

 

 

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ २१, २१: १९

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ २१, २१: १९

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ २१, २१: १९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...