
दमक। इलामको रतुवा खोलाले जिप बगाउँदा खोलाले वगाएर बेपत्ता भएका एक महिला र बच्चा मृत फेला परेका छन्।
खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिलाको शव प्रहरीले फेला पारेको छ। उनीहरूको पहिचान खुलिसकेको छैन।
इलामको लारूम्बाबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीदेखि उत्तरतर्फ रतुवा खोलाले बगाएको थियो।
उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...