
काठमाडौं। नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले भ्रष्टाचारमा नेकपा एमालेले अहिलेसम्म अख्तियार धाउनु नपरेको दाबी गरेका छन्।
प्रतिनिधिसभा मंगलबारको बैठकमा सचिव भट्टराईले गिरीबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना प्रकरणको प्रसंगमा यस्तो बताएका हुन्।
कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै सचिव भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताए।
उनले भने, ‘२०४६ सालअघि वा पछि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक प्रकरणको लागि एमाले तयार छ। एनसेलको गर्ने हो कि टेरामक्सको? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने? सबैको छानबिनमा उभिन एमाले तयार छ।’
उनले ०४६ पछिको कुन काण्ड छानबिन गर्ने भन्दै कांग्रेसलाई प्रश्न गरे । उनले आफूहरू मार्क्सवादी भएको भन्दै नेपालमा बुद्धवादी रहेको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...