सुनसरीको इनरुवा र रामधुनीमा भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुनसरीको इनरुवा र रामधुनीमा भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा भगवति माध्यमिक विद्यालय र जिल्लाकै रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको नपनिर्मित भवनको उद्घाटन भएको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग दुई करोड ६३ लाख रुपैयाँमा निर्माण गरिएको भादगाउँ सिनुवारी मावि भवनको बुधबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

त्यस्तै भारत सरकारको कूल तीन करोड रुपैयाँ आर्थिक सहयोगमा सुनसरी सदरमुकाम इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो।

दुवै माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण भएको र जिल्ला समन्वय समिति, सुनसरीमार्फत परियोजनाको कार्यान्वयन गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेहता, रामधुनी नगरपालिकाका मेयर चौधारी, इनरुवा नगरपालिकाका मेयर भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुरÞ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको भारत सरकारले चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

सम्पन्न परियोजनामध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन्।

भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ जसमध्ये कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस प्रदान गरिएको छ। यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको सहयोग रहेको कुरालाई प्रतिबिम्बित गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २४, १५: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २४, १५: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २४, १५: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...