काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ घठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट माओबादीतिर ढल्किरहेको भन्दै गरेको आलोचनाप्रति लक्षित गर्दै जवाफ दिएका छन्।
संसद भवनवाहिर संचारकर्मीहरुसँग अर्थमन्त्री पुनले एमाले अध्यक्षतर्फ संकेत गर्दै आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महसुस रु भयो भन्ने प्रश्नको जवाफ दिँदै सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको र दबाब पनि नआएको उनले बताए।
अर्थमन्त्री पुनले भने, ‘ल्याएको बजेट कतै पनि ढल्किएको छैन । माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी यथार्थ होइन । बजेट जनतातिर ढल्केको छ। मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरूमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ।’
मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको उनको दाबी छ । हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने पुनले बताए ।
पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको टिप्पणी गरेका थिए ।
सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको भन्दै पुनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रूपमा परिणाम निकाल्ने प्रतिबद्धता जनाए ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...