काठमाडौं। पूर्वसभामुख तथा सत्तारुढ नेकपा माओबादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध लागेको हत्याको अभियोग सम्वन्धी मुद्दाको फैसला असार १२ गते हुने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो। पूर्वसभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ।
काभ्रेका लामाको हत्याको विषयमा पूर्वसभामुख समेत रहेका सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १२ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको सहायक प्रवक्ता गोविन्द प्रसाद घिमिरेले जानकारी दिए।
संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखेको थियो। बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सापकोटासँग सम्बन्धित तीनवटा रिटमा आदेश सुनाउने मिति तोकेको हो।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...