
जनकपुरधाम। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले प्रदेश सभा सदस्य सतिश कुमार सिंहलाई अघि सारेको छ।
सत्तारुढ दलहरुबीचको सहमति बमोजिम जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएअनुसार जनमतले प्रदेश सभा संसदीय दलका नेता महेश प्रसाद यादवलाई पछि पार्दै सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
मुख्यमन्त्री सिंहलाई बनाउने निर्णय अध्यक्ष डा.सिके राउतले गरेको बुझिएको छ। जनमतको मधेश प्रदेश संसदीय दलले मुख्यमन्त्री छान्ने जिम्मेवारी राउतलाई दिएको थियो।
जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव प्रदेश सभा समक्ष पेश गरेको विश्वासको मत नपाएपछि सोही प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले विहीबार सरकारको दावी गर्ने भएका छन्।
नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् ।
यसअघि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित अश्विकृत भएको थियो। मुख्यमन्त्रीमाथि विश्वास रहेको भन्दै पक्षमा ५० र विश्वास नरहेको भन्दै विपक्षमा ५३ मत परेकोले प्रस्ताव अश्विकृत भएको थियो। मधेश प्रदेशमा सभामुखसहित १०७ सदस्य छन्।
जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।
गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा जेठ २२ मा नेकपा एसले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो।
यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौँ पटकमा असफल बनेका छन् ।
मधेशकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवअनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...