अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा छापा, एक करोड ५ लाख बरामद – Naya Bikalpa
March 16, 2025, Sunday

अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा छापा, एक करोड ५ लाख बरामद

काठमाडौं। राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ।

विहीबार राति विभागको टोलीले छापा मारेर क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए।

विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा विभागले छापा मारेको थियो। विभागले अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर पनि नियन्त्रणमा लिइएको जनाएको छ।

दुई वर्षदेखि बन्द रहेको होटल अन्नपुर्ण परिसरमा रहेको क्यासिनो प्यालेस एटलान्टिक रिक्रियसन प्रालिका नाममा दर्ता छ। होटल बन्द रहे पनि सो परिसरमा अनलाइन जुवा खेलाइँदै आएको छ।

यसअघि गएको माघ तेस्रो साता विभागलेले उक्त क्यासिनोमा छापा मारेको थियो। त्यसक्रममा क्यासिनोका निर्देशक ऋषभ पावासहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन्। उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन र अनलाइन जुवा सम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ ।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ जेष्ठ २५, १६: ०६

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ जेष्ठ २५, १६: ०६

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ जेष्ठ २५, १६: ०६

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...