मोदीको सपथमा प्रधानमन्त्री दाहालसँगै पाँच जना नयाँ दिल्ली जाँदै – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper
पाकिस्तान, अफगानिस्ता र माल्दिभ्सवाहेक सार्कराष्ट्रका राष्ट्रपति र प्रधानमन्त्री सहभागी

मोदीको सपथमा प्रधानमन्त्री दाहालसँगै पाँच जना नयाँ दिल्ली जाँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन आजविहान नयाँ दिल्लीतर्फ गएका छन्।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत गएको र भोली फर्कने जनाएको छ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत गएका हुन्।

आइतबार साँझ पाँच बजे हुने मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुनेछन्।

शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका मोदी एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएको छ।

मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु नयाँ दिल्लीमा भेला हुने भएका छन्।

नेपालका प्रधानमन्त्री दाहालसहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ। भारतले छिमेकी मुलुक भए पनि सार्कका सदस्य राष्ट्रहरु पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका सरकार प्रमुखलाई भने बोलाइएको छैन ।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८१ जेष्ठ २७, १२: ४९

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८१ जेष्ठ २७, १२: ४९

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २७, १२: ४९

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...