काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन आजविहान नयाँ दिल्लीतर्फ गएका छन्।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत गएको र भोली फर्कने जनाएको छ।
प्रधानमन्त्रीको साथमा उनकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत गएका हुन्।
आइतबार साँझ पाँच बजे हुने मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुनेछन्।
शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका मोदी एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएको छ।
मोदीको सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु नयाँ दिल्लीमा भेला हुने भएका छन्।
नेपालका प्रधानमन्त्री दाहालसहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन्।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।
भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ। भारतले छिमेकी मुलुक भए पनि सार्कका सदस्य राष्ट्रहरु पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका सरकार प्रमुखलाई भने बोलाइएको छैन ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...