
काठमाडौं। सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गाउँपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन।
उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो। कतार एयरको उडानद्वारा नेपाल आएका सरोजले भन्सार छली ल्याएको सुन मोहम्मद इन्तेयाजलाई सुनको सिक्री र काँचो सुन करिब ६९ ग्राम ९९ मिलिग्राम दिइरहेका बेला नियन्त्रणमा लिइएको हो।
त्यस्तै विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट ५० ग्राम बराबरको सुनको सिक्रीसहित मोहम्मद र ज्याउदिनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त सुन मोहम्मदलाइ दिने क्रममा पक्राउ परेका हुन् ।
शनिबार नियन्त्रणमा लिइएका चारै जनालाई बरामद सुनसहित भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...