पोखरा। सत्तारुढ नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटामाथि कारबाही अगाडि बढाउने जनाएको छ।
माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि कारबाहीको प्रक्रिया सोमबारबाटै शुरु हुने बताए।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव जितेको देवकोटा माओवादी संसदीय दलमा रहेको र माओवादीको ह्विप नमानेको भन्दै उनीमाथि पार्टीले कारबाही गर्ने नेता चुमानले दाबी गरेका छन्।
माओवादीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरेको थियो। तर, देवकोटाले ह्वीपविपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए।
प्रदेश सभा सदस्य देवकोटा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीका केन्द्रीय सदस्य समेत हुन्।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...