काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाका तत्कालिन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।
गाउँपालिकामा पर्ने एक विद्यालयको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनीहरूले रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माण गर्दा १४ लाख ५१ हजार ५५१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभाकुमारी यादव, योजना शाखाका प्रमुख रमेशकुमार निधि, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव–इन्जिनियर सन्तोषकुमार यादव छन्।
त्यस्तै, गाउँपालिकाका जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, उपभोक्त समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल, सचिव रामभरोस मुखिया मलाहलाई पनि विपक्षी बनाई विशेष अदालतमा मुद्धा दर्ता गरिएको छ।
नवराजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
दायर गरिएको मुद्दामा सबै जनाबाट जनही १४ लाख ५१ हजार ५५१ रुपैयाँ बिगो दाबी गरिएको छ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...