पोखरा। नेकपा माओबादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सभा सदस्यमा निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले आफूले मध्यावधिबाट टार्न र प्रदेशसभा जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा प्रदेश सांसद देवकोटाले फ्लोर क्रस गरेर संसद भङ्ग हुनबाट जोगाएका थिए।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले विश्वासको मत नपाएको भए प्रदेश सभा भङ्ग गरी मध्यावधि निर्वाचन गर्नु पर्ने थियो।
सांसद देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णयअनुसार विश्वासको मत दिएको बताए । १५–१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौति आफूले देखेको उनले जनाए।
आफूले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भए पनि सरकार नजोगिएकोले अहिले निर्णायक रहेका पार्टीहरूले पनि साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगाएको दाबी गरे।
माओवादीले ह्विप जारी गरेको भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र पार्टीको निर्देशनअनुसार मत दिएको बताए।
माओवादी केन्द्रले भने ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै देवकोटामाथि कारबाही अगाडि बढाउने बताएको छ।
अछाम। नेकपा (एमाले) का नेता तथा पूर्वउपाध्यक्ष भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौति दिएका छन्। अछाममा मंगलबार...
काठमाडौं। सत्तारुढ दलका सांसदहरुले उपसभामुख सुश्री इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। महाभियोग प्रस्ताव दर्ता गराएलगत्तै...
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको भन्दै इन्द्रजात्राको अक्षय कोष बृद्धि गरेर...