गण्डकी प्रदेशमा स्वतन्त्र सांसद मनाङे र ‘फ्लोर क्रस’ गर्ने देबकोटा भए मन्त्री – Naya Bikalpa
June 19, 2024, Wednesday

गण्डकी प्रदेशमा स्वतन्त्र सांसद मनाङे र ‘फ्लोर क्रस’ गर्ने देबकोटा भए मन्त्री

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेससभा सदस्यद्वय फणीन्द्र देवकोटा र दिपक मनाङे (राजीव गुरुङ)लाई मन्त्री नियुक्त गरेका छन्।

उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

मनाङबाट प्रदेश सभा सदस्यमा विजयी भएका मनाङेले भौतिक पूर्वाधार विकास र नेपाल समाजबादी पार्टीका प्रदेश सभासभा सदस्य देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

स्वतन्त्र सांसद मनाङे छैटौंपटक मन्त्री बनेका हुन्। स्वतन्त्र हैसियतमा विजयी भएका मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादीको सांसद पनि भएका थिए। पछि सो दल छाडेर स्वतन्त्र सांसदको हैसियतमा वसेका थिए।

गण्डकीमा कुनै पनि दलको स्पष्ट बहुमत नपुग्नु र मनाङ्गे निर्णायक भएका कारण उनी सधैं मन्त्री बनिरहेका छन्।

माओबादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लडेका नेपाल समाजबादी पार्टीका सांसद देवकोटाले भने फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई जोगाएकाले मन्त्री बनाइएको हो।

६० सदस्यीय गण्डकी प्रदेशम नेपाली कांग्रेससँग २७ सांसद मात्र भएकाले बहुमत पुग्दैन। त्यसैले कांग्रेसको प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा मनाङे र देवकोटाको समर्थनमा बहुमत पुर्याएका हुन्।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ २९, १६: ५०

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ २९, १६: ५०

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ २९, १६: ५०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...