असार ७ गते बजेट पारित गर्ने तयारीमा सरकार – Naya Bikalpa
January 24, 2025, Friday

असार ७ गते बजेट पारित गर्ने तयारीमा सरकार

काठमाडौं। आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट यही असार ७ गते प्रतिनिधि सभाबाट पारित गर्ने तयारी गरेको छ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संघीय संसदको संयुक्त सदनमा पेश गरेका थिए।

संघीय संसदको दुवै सदनमा आजदेखि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरु भइसकेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ जेष्ठ २९, १७: २५

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ जेष्ठ २९, १७: २५

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ जेष्ठ २९, १७: २५

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...