न्युजिल्याण्ड र फ्रान्स पठाउे भनी १५ करोड ठगी गर्ने दुईजना पक्राउ – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

न्युजिल्याण्ड र फ्रान्स पठाउे भनी १५ करोड ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्त छन्।

उनीहरूले विगत तीन देखि चार वर्षका अवधिमा तीन सयभन्दा बढी व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए।

उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका छन्।

 

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ जेष्ठ २९, १७: ५९

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ जेष्ठ २९, १७: ५९

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ जेष्ठ २९, १७: ५९

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...