काठमाडौंं। पूर्व जिल्ला न्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेसँगै ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा भुसालको एकल इजलासले गिरीले तत्कालिन श्रीमतीसँग सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद र ३ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो। उक्त फैसलाको सजाय निर्धारण गर्दै अदालतले उक्त कैद र जरिवाना तोकेको हो।
उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।
जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन्। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा गिरी निलम्बनमा परेका थिए।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...