काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर कारोबारमा उछाल आएको छ। सेयर बजार परिसूचक नेप्से ३३ अंकले बढेको छ।
नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ। अघिल्लो दिन सोमबारको कारोबार नेप्से परिसूचक ८.९० अंकले बढेको थियो।
सेन्सेटिभ इण्डेक्स १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा अडिएको छ। यसदिन ३११ स्क्रिप्सको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रकम सोमबारको तुलनामा बढेको हो। सोमबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
बरुण हाइड्रोपावर,ग्रिन भेन्चर,कुथेली बुखारी र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी हेवाखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा ३६ करोड मूल्य बढिको सेयर कारोबार भयो। माउन्टेन इनर्जीको २३ करोड,ग्लोबल आईएमई लघुवित्त वित्तीय र जानकी फाइनान्सको १०÷१० करोडको सेयर कारोबार भयो।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...