
काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले कृषि मन्त्रालयले रासायनिक मलका लागि छुट्याएको बजेट पर्याप्त नरहेको भन्दै असन्तुष्टि जनाएका छन्।
संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद खानले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले किसानलाई कुनै राहत नदिने बताएका हुन्।
उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने समेत बताए।
किसानहरू पेसा छाडेर हतोत्साहित भइरहेको भन्दै सांसद खानले किसानको मनोबल बढाउने खालको बजेट आवश्यक रहेको बताएका थिए।
उनले भने ‘बजेटमा किसान कार्ड किन आएन? कृषिमा जति राम्रो बजेट ल्याए पनि किसान कार्ड कार्यान्वयन नभएसम्म अर्थ हुँदैन, तर बजेटमा त्यस्तो केही देखिएन। समयमै कार्यान्वयन नभए जति राम्रो बजेट भए पनि अर्थ हुँदैन।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...