पाइलट भावनाको उडान निलम्बन फुकुवाः विजय लामा कारबाहीमा पर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पाइलट भावनाको उडान निलम्बन फुकुवाः विजय लामा कारबाहीमा पर्ने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडानमा कार्यरत विमान चालक भावना पन्तमाथिको निलम्बन फुकुवा गरेको छ भने उनीसँगै निलम्वनमा परेका वरिष्ठ पाइलट विजय लामाको भने कारबाही फुकुवा गरिएको छैन।

पाईलट पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधित काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको थियो।

छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

उनका अनुसार पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो ।

नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०–२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो।

क्यानले हवाई सुरक्षामा असर पर्ने काम गरेको भन्दै वाइडबडी ‘ए ३३०’ का वरिष्ठ पाइलट विजय लामा र ‘एयरबस ३२०’ की भावना पन्तलाई निलम्बन (ग्राउन्डेड) गरेको हो।

पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा गएर टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएको भनेर उजुरी परेको थियो।

अनुसन्धानमा संलग्न एक अधिकारीअनुसार क्याप्टेन लामामाथिको आरोप पुष्टि भएको छ। सोहीकारण उनीमाथि कारबाही हुने देखिएको छ।

लामाले पटकपटक प्राधिकरणको सुरक्षा प्रावधान उल्लंघन गर्दै आएको पाइएपछि नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा (२५) बमोजिम कारबाही गर्ने तयार भइरहेको ती अधिकारीले बताए।

लामाविरुद्ध आचरण विपरीत निषेधित क्षेत्र (ककपिटको अगाडी) फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको गरेको भन्दै उजुरी परेको थियो।

लामा केही वर्षअघि पनि कारबाहीमा परेका पाइलट हुन्। प्रशिक्षक समेत रहेका उनी २०७६ सालमा निलम्बित भएका थिए। उड्डयन सुरक्षामा गम्भीर असर पर्ने किसिमका अभिव्यक्ति दिएकाले उनीलाई विमान उडाउन रोक लगाइएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३०, १४: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३०, १४: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३०, १४: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...