
काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले समानान्तर कमिटी बनाएको भन्दै सह–संयोजक नितेश पौडेलसहित तीन जनालाई निष्कासन गरेको छ।
संयोजक कृष्णकुमार विश्वकर्माले सहसंयोजक पौडेल, कार्यालय सदस्यहरू रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेका छन्।
संयोजक विश्वकर्माले प्रेस वक्तव्य जारी गरी समानान्तर कमिटी बनाएकाले संघको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको उल्लेख गरेका छन्।
‘विधानको व्यवस्था भए अनुरूप सहसंयोजक क.नितेश पौडेल, कार्यालय सदस्यद्वय क. रोशन थापा र क. फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ र पार्टीलाई यसको जानकारी पठाइसकिएको छ’, वक्तव्यमा उल्लेख छ । कारबाहीमा परेका पौडेल पार्टी अध्यक्ष माधव नेपालका भाञ्जा हुन्।
गत शनिबार राजधानीमा गरिएको एक भेलाबाट पौडेल संयोजक र फुर्वा लामा सहसंयोजक घोषणा भएका थिए । संयोजक विश्वकर्माले महाधिवेशन नगरेको भन्दै पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो।
संघका संयोजक विश्वकर्मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट नेता हुन्। उनीहरुबीच युवा संघ नेपालमा पहिलेबाटै विवाद हुँदै आएको छ।
गत वर्ष भदौमा समेत समानान्तर भेलाबाट नेतृत्व घोषणाको तयारी भएको थियो। उपमहासचिव डा. विजय पौडेलको उपस्थितिमा भएको भेलाले कृष्ण विश्वकर्मालाई संयोजक तोक्ने तयारी गर्दा दीपक मनाङेले नितेश पौडेललाई संयोजक तोक्ने तयारी गरेका थिए।
तर पार्टीले हस्तक्षेप गरी विश्वकर्मालाई संयोजक र पौडेललाई सहसंयोजक तोकेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...