विद्यालयका सटर बन्द नगर्न कामनपाको नाममा अन्तरिम आदेश – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विद्यालयका सटर बन्द नगर्न कामनपाको नाममा अन्तरिम आदेश

काठमाडौं। उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने कार्य नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासले तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो। उच्चले दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ। काठमाडौँ महानगरले जेपी स्कुलसहित महानगरभित्र पर्ने सामुदायिक (सरकारी) विद्यालयको सटरहरु बन्द गराएको थियो।

महानगरपालिकाले दिएको पटक–पटकको निर्देशन अटेरी गरेको भन्दै ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)सहित सात विद्यालयको सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको थियो।

शुक्रबार शिक्षा विभागका अधिकारीहरूको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले विद्यालयको स्वामित्वमा रहेको सम्पत्ति भाडामा लगाएर व्यापार गर्दै आएका ती विद्यालय मातहतमा रहेका सटरमा ताला लगाएको हो।

सामुदायिक विद्यालयको स्वामित्वमा रहेको भवनलाई व्यापारिक प्रयोजनमा नलगाउन महानगरपालिकाले पटक–पटक पत्र लेख्दै आएको थियो।

महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालअनुसार १३ वटा विद्यालयलाई निर्देशन दिइएकोमा ६ विद्यालयले आफैं सटर खाली गरेका थिए। निर्देशन नमानेका ७ विद्यालयका सटरमा तालाबन्दी गरिएको महानगरको भनाई थियो।

यसरी ताला लगाइएकोमा जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) ठमेलको सबैभन्दा धेरै ४६ वटा सटर छन्। यी स्थानमा रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए।

बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाका ३६ वटा सटरमा तालाबन्दी गरिएको महानगरपालिकाले जनाएको छ।

मंगलादेवी माध्यमिक विद्यालय गौशालाका १२ वटा, जनकल्याण माध्यमिक विद्यालय बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको थियो।

यसअघि महानगरपालिकाको निर्देशन बमोजिम शीतला माध्यमिक विद्यालय वोहराटार, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय वोहोराटार, रुद्रमती आधारभूत विद्यालय देवीनगर, विद्योदय आधारभूत विद्यालय झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३१, १६: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३१, १६: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३१, १६: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...