कावासोतीमा ढल खन्दा ३ मजदुर महिलाको पुरिएर मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कावासोतीमा ढल खन्दा ३ मजदुर महिलाको पुरिएर मृत्यु

कावासोती। नवलपरासी(वर्दघाट सुस्तापूर्व)को सदरमुकाम कावासोतीमा ढल (नाला) निर्माण गर्ने क्रममा खाल्डोमा पुरिएर तीन मजदुर महिलाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार ढिस्कोले पुरिएर कावासोती नगरपालिका– ५ लक्ष्मीनगर निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको निधन भएको हो।

ल निर्माणका क्रममा पुरिएका उनीहरूलाई जेसीबी र स्थानीयको सहयोगमा विहीबार उद्धार गरेर जिल्ला अस्पताल डण्डा लगिएको थियो। तर, पुग्नासाथ अस्पतालले मृत घोषणा गरेको थियो।

केही दिनभित्र सक्नेगरी काम भइरहेको थियो। करिब ८ फिट गहिरो ढल खनेको ठाउँमा माथि थुपारेको माटो खसेर मजदुर पुरिएको प्रहरीले जनाएको छ।

कामदारको मृत्यु भएपछि स्थानीयले कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गरेका थिए। कावासोती थानाचोकपूर्व हाटबजारसम्म लगिएको नाला खन्न छिटो काम गर्न मेयरलाई पटकपटक आग्रह गरे पनि वेवास्ता गरेको स्थानीयको आरोप छ।

राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३२, १६: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३२, १६: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३२, १६: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...