बससँग जुधेको कारका घाइते चालकको मृत्यु, बस त्रिसुलीमा खस्दा २० घाइते – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बससँग जुधेको कारका घाइते चालकको मृत्यु, बस त्रिसुलीमा खस्दा २० घाइते

धादिङ। पृथ्वी राजमार्गको चितवनस्थित फिस्लिङ बजारनजिक शुक्रबार बिहान यात्रुवाहक सवारीसाधनसँग जुधेको कारका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

यात्रुवाहक बस र कार एकापसमा ठोक्किँदा २० जना घाइते भएका थिए। गम्भीर घाईते पाँचमध्ये कारका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा कारका चालक पोखरा महानगरपालिका निवासी ३५ वर्षीय समिर ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आइइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएको थियो।

कारलाई ठक्कर दिएपछि अनियन्त्रित भएको यात्रुवाहक बस त्रिसुली नदी किनारमा खसेको थियो। दुर्घटनामा बसका १४ बढी यात्रु घाइते भएका थिए।

कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीअनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्रु सवार थिए। बसका सबै यात्रीको अवस्था सामान्य छ।

बसका चालक र कारमा सवार २ जनाको अवस्था चिन्ताजनक रहेको पनि जनाइएको छ।

गम्भीर घाइते भएका कारमा सवार सबै यात्रीलाई उपचारका निम्ति चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३२, १७: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३२, १७: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३२, १७: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...