
काठमाडौं। गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन्।
प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्।
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का नेता देवकोटाले गोरखा जिल्लाको क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए।
माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै जेठ २८ गते देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै माओवादीले उनलाई कारवाही गरेको थियो।
विश्वासको मत दिएपछि देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए। आफू नेपाल समाजबादी पार्टीको नेता भएको भन्दै देवकोटाले पार्टीको निर्णयअनुसार आफूले मुख्यमन्त्रीको पक्षमा मत हालको जनाएका छन्। देवकोटाले माओबादी केन्द्रले आफूलाई गरेको कारबाहीको सिफारिसका विरुद्ध न्यायका लागि अदालतमा जाने बताई सकेका छन्।
माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र बुझाएको थियो । पदमुक्त भएसंगै देवकोटाको सांसदसँगै मन्त्री पद पनि गएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...