
गुलरिया। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एवम् बर्दिया जिल्लाको आवास कार्यक्रमकी संयोजक ममता यादवले आवास कार्यक्रमको रकममा निर्माण गरिएका घरधनीले घुस नदिए घर भत्काई दिने धम्की दिएकी छन्।
यादवमाथि गुलरिया नगरपालिका वडा नं. २ हनुमाननगरमा गरिब परिवारका लागि उपलब्ध गराइएको लुम्बिनी प्रदेश सरकारको आवास परियोजनाअन्तर्गतको आवास निर्माणका क्रममा घुस लिएको आरोप लागेको आरोप लागेको छ।
केन्द्रीय सदस्य ममता यादवले गरिबहरुका लागि छुट्याइएको बजेटअन्तर्गतको आवास कार्यक्रमबाट स्थानीयसँग २५ हजारदेखि ३५ हजारसम्म घुस लिएको खुलेको छ। उनले पूरा रकम नदिएमा सरकारी काम रोक्दिने वा घर नै भत्काएर समेत लैजानेसमेत धम्की दिएको स्थानीयले जनाएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...