
काठमाडौं। नेकपा एमालेले गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङलाई संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै तीन दिन भित्र जवाफ दिन भन्दै प्रष्टीकरण सोधेको छ।
एमालेको गण्डकी प्रदेश संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो। तर, सांसद गुरुङ व्यक्तिगत काम विशेषले बैठकमा सहभागी भएर निस्किएका थिए।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए। उनले संसदीय दलबाट जारी भएको ह्वीपको सन्देश मोबाइलमा पठाएको तर आफूले हेर्न नभ्याउँदा ह्वीप जारी भएको कुरा थाहा नभएको बताएका छन्।
गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन्। प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन्।
स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन्। पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा छ।
गुरुङ कास्की ३ को ‘क’बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बर मतले हराउँदै निर्वाचित भएका हुन्। नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले आफ्ना सदावहार प्रतिष्पर्धी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग प्रतिशोध साँध्न यस्तो कदम चालेको बताइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...