
ताप्लेजुङ। निरन्तर वर्षापछि ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन्। बुधबारयता निरन्तरको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पु¥याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन्।
मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए।
प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन्। पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन्।
जिल्लाके सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन्। मामांखे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवार विस्थापित भएको हा्े। मामांखेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको छ।
जिल्ला प्रहरी कार्यालयअनुसार, शनिबार वर्षासँगै गएको पहिरोले सिरिजंघा–७ मा नवराज लिम्बूको घर, भान्साघर र पशुचौपाया गरी १६ लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको छ।
शुक्रराज लिम्बूको घर पूर्ण रूपमा र पशुचौपाया गरी १० लाख ८० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सिरिजंघा–८, याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको छ।
पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामांखेका करिब ३०० परिवार खानेपानीबाट वञ्चित हुनुपरेको स्थानीयले जानकारी दिएका छन्।
यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए ।
बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । ५५ पशुचौपाया मरेका छन् ।
मनसुन पूर्ण रूपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन्।
ताप्लेजुङको भूबनावट पहिरोको जोखिममा पर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार, यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...