
काठमाडौ। सरकारले एकैपटक चालु आर्थिक वर्षको मुखमा ३२ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेश मन्त्रालयका सहसचिव सरुवा गरेको हो।
सरकारले भरतपुर महानगरपालिका र हेटौंडा तथा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ।
भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीराम ठाकुरको पनि सरूवा भएको छ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिएको छ।
हेर्नुस सूचीः


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...