राहुलले छोडेको वायनाड क्षेत्रबाबाट प्रियंका चुनाव लड्ने – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

राहुलले छोडेको वायनाड क्षेत्रबाबाट प्रियंका चुनाव लड्ने

नयाँ दिल्ली। भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड निर्वाचन क्षेत्रबाट राजीनामा दिने भएका छन्।

हालै भारतको लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरी दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन्। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो। अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ।

समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने– ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन्। कानून अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन्। हामीले निर्णय गरेका छौं कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको जोडिएको क्षेत्र भएको बताएका थिए। राहुल भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका पनाती, इदिरा गान्धीका नाती र राजिप गान्धिका छोरा हुन्।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ असार ४, १४: ५७

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ असार ४, १४: ५७

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ असार ४, १४: ५७

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...