
नयाँ दिल्ली। भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड निर्वाचन क्षेत्रबाट राजीनामा दिने भएका छन्।
हालै भारतको लोकसभा निर्वाचनमा राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरी दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।
कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन्। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो। अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ।
समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने– ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन्। कानून अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन्। हामीले निर्णय गरेका छौं कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ।’
राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको जोडिएको क्षेत्र भएको बताएका थिए। राहुल भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका पनाती, इदिरा गान्धीका नाती र राजिप गान्धिका छोरा हुन्।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...
जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...