सुदूरपश्चिम प्रदेशसभामा माओवादीको चर्किएको बिबाद प्रचण्डसम्म – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

सुदूरपश्चिम प्रदेशसभामा माओवादीको चर्किएको बिबाद प्रचण्डसम्म

काठमाडौं। दुई समुहमा विभाजित सुदूरपश्चिम प्रदेशको नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुको बिबाद चर्किदै गएपछि माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म आईपुगेको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा एक घण्टासम्म उनीहरुको छलफल भएका्े थियो।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद चर्किदै गएपछि प्रचण्डले उनीहरुलाई काठमाडौं बोलाएका थिए।

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सहभागिताको विषयलाई लिएर विवाद बढ्दै गएको हो।

सुदूरपश्चिममा सभामुखबाहेक माओवादीका १० जना सांसद छन्।

सुदूरपश्चिममा नेकपा माओवादीबाट प्रदेश सरकारमा मन्त्री सिफारिस गरेपछि पार्टीभित्र विवाद झन चर्किएको हो।

संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका थिए।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’, अक्कल रावल र लक्ष्मी विक प्रदेश सरकारका मन्त्री बनिसकेका छन्।

खासगरी सरकारमा मन्त्री पठाउँदा पार्टी र दलमा समेत छलफल नगरेकाले प्रदेश इञ्चार्ज गिरिराजमणी पोखरेल समेत असन्तृष्ट देखिएका छन्।

उनकै पहलमा सबै सांसदलाई काठमाडौं बोलाएर अध्यक्ष प्रचण्डसँग छलफल गराएका हुन्। प्रचण्डसँगको छलफलबाट समेत निकास निस्कन नसकेको बालुवाटार स्रोतले जनायो ।

 

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ असार ४, १५: ३७

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ असार ४, १५: ३७

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ असार ४, १५: ३७

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...