राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका प्रतिनिधिसभाको रोष्ट्रममै च्यातेका छन्।

मन्त्रालयगत बजेट विनियोजनमा अन्याय गरेको भन्दै उनले सो पुस्तिका च्यातेका हुन्। उनले भने, ‘जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा प¥यो त्यो दिनदेखि म यसरी तात्तिएको छु कि यो यसरी च्यातेर हु¥याउने मन छ तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर जहाँ हु¥याउनुपर्ने त्यहाँ चाहि मैले नहु¥याएर यहाँ राख्छु।’

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए। विपक्षी दलका सांसदहरुले मन्त्री महासेठले आफ्नै गृह जिल्ला धनुषा र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा बढी बजेट छुट्याएर अन्य जिल्लालाई अन्याया गरेको भन्दै विरोध जनाइ रहेका बेला लिङ्देलनले पुस्तिका च्यातेर असन्तुष्टि जनाएका हुन्।

मन्त्री महासेठले झापाको पनि निर्वाचन क्षेत्र २ र ५ मात्रै बजेट बढी पारेका छन् । लिङ्देन आफै झापा निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद हुन्। झापाको क्षेत्र नम्वर २ भने सभामुख देवराज घिमिरेकै निर्वाचन क्षेत्र हो।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ असार ४, १८: ०३

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ असार ४, १८: ०३

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ असार ४, १८: ०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...