मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग – Naya Bikalpa
July 24, 2024, Wednesday

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै मंगलबार उनले क्रसर उद्योगीहरू विभिन्न माग राखी जेठ १ गतेदेखि आन्दोलन गर्दै आएका र उनीहरुको माग पुरा गर्ने पर्ने बताएका हुन्।

सांसद खानले मन्त्रीपरिषद्को निर्णयअनुसार दर्ता भएका क्रसर उद्योग नवीकरण गर्ने माग गर्नु जायज रहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न माग गरेका हुन्।

उनले संघीय संसद्का कर्मचारीले गर्दै आएको आन्दोलनप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। आइएलओको मापदण्डअनुसार अतिरिक्त काम गरेबापत अतिरिक्त सेवा पाउनुपर्ने कर्मचारीको माग छ। उक्त माग पनि सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद खानले चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको भन्दै त्यसमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सुन तस्करीमा संलग्न रहेको आशंकामा सीआईवीले हालै झण्डै चार किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता समेत फेला पारेको थियो।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार ४, १८: ३७

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार ४, १८: ३७

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार ४, १८: ३७

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...