संघीय संसद भवनमा खटिएक जवानले आफैलाई गोली हानेर गरे आत्महत्या – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संघीय संसद भवनमा खटिएक जवानले आफैलाई गोली हानेर गरे आत्महत्या

 

काठमाडौं। संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैलाई गोली हानेका छन्।

पारिवारिक तनावमा रहेका प्रहरी जवान अजित गोलेले फोन गर्दागर्दै विवाद भएपछि आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बुधबार बिहान बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर एसएलआरबाट आफैलाई गोली हानेका थिए।

गोली उनको निधारमा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरी अधिकारीहरुअनुसार उनी घर वा अरु कसैलाई फोन गरिरहेका थिए। फोन गर्दागर्दै विवाद भएपछि शौचालय छिरेका उनले आफैलाई गोली प्रहार गरेका थिए।

दोलखा घर भएका प्रहरी जवान गोले २०७६ सालमा प्रहरी सेवामा जवानको रुपमा प्रवेश गरेका थिए। प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ)मा कार्यरत् गोलेको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। २२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर आफैंलाई गोली हानेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन्। प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ गोली खटिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ५, १५: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ५, १५: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ५, १५: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...