
काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा प्रहरीकै एक जवान पक्राउ परेका छन्।
प्रज सुनारको आत्महत्या बारे अनुसन्धान गर्ने क्रममा प्रहरीले बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाइएको छ।
करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेलस्थित शौचालयमा झुन्डिएको अवस्थामा जेठ ३१ गते मृत भेटिएकी थिइन्।
करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...