कर्मचारीको आन्दोलनले संघीय संसदको बैठक एक घण्टा ढिलो शुरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कर्मचारीको आन्दोलनले संघीय संसदको बैठक एक घण्टा ढिलो शुरु

काठमाडौं। संघीय संसद सेवाका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेको भत्ता उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका कारण प्रतिनिधि सभाको बुधबारको बैठक एक घण्टा ढिला शुरू भएको छ।

संघीय संसद सचिवाबलयका कर्मचारीहरु प्रोत्साहन भत्ताको माग गर्दै आज पनि संसद भवनमा धर्ना बसेकाले प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको हो।

कर्मचारीहरुले मंगलबार साँझ ५ बजेसम्म समस्याको समाधान नभए बुधबारदेखि बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिने बताएका थिए । संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले साँझ ५ बजेसम्मको समय कुरेको र माग पूरा नगरेकाले बुधबारबाट बिहान १० देखि मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको बताए ।

आजको बैठकमा बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमा छलफल भएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ५, १८: ४१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ५, १८: ४१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ५, १८: ४१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...