सांसद डा.सिंहको आक्रोसः सबै कवाडी महानगर कार्यालय र मेयरको घर अगाडि थुपारिदिनु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सांसद डा.सिंहको आक्रोसः सबै कवाडी महानगर कार्यालय र मेयरको घर अगाडि थुपारिदिनु

काठमाडौं। प्रतिनिधिसभाका सांसद डा.अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद डा.सिंहले काठमाडौंमा आन्दोलित कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन्।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी लगाएर दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे। उनले काठमाडौंमा हुने आन्दोलनमा मधेशीमाथि विभेद हुने गरेको दाबी गर्दै उनले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए।

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन्। कवाड व्यवसायीहरुले बुधबार काठमाडौं महानगरपालिकाको कार्यालय घेर्न काठमाडौं प्लाजा कमलादी जाँदा प्रहरीले लाठी चार्ज गरी दर्जनौं प्रदर्शनकारीलाई घाईते बनाएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ५, १८: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ५, १८: ४७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ५, १८: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...