
काठमाडौं – एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स निर्माणका लागि दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ।
मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गरिएकै वर्ष २०७८ साल असार १ गतेको बाढीले आयोजनाको हेडवर्क्स पुरेको थियो।
प्रत्येवक वर्षको हिउँदमा हेडवर्क्स थुप्रिएको गेग्रान हटाए पनि प्रत्येक वर्ष नदिले गेग्रान थुपार्न थालेपछि एडीवीले हेडवक्र्सलाई अम्बाथानबाट करिव एक किलोमिटर उत्तरमा निर्माण गर्न अनुदान दिनृे भएको हो।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले हालको हेडवर्क्स भन्दा करिव एक हजार मिटरमाथि हेडबक्र्स बनाउने तयारी भइरहेको बेला एडीबीले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको बताए।
‘एडिबीले आफूले लगानी गरेको छ। आफैँले अध्ययन गराएको छ। उसको यति धेरै लगानी भईसक्यो। उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन। उसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ। हाम्रो ड्यामेज ९० करोडको हो। उसले तपाईहरुको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो। जम्मा लगानी ४ अर्ब भयो भने पनि बाँकी २ अर्ब त हामी काठमाडौंमा पानी जान थाल्यो भने करिव २ वर्षमा उठाईदिन्छौ’
२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो।
सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ। आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ। यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ।
शुक्रबारदेखि मेलम्चीको पानी बन्द
यसैबीच, मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।
बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो।
योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्ने गरी तयारी गरिएको समितिले जनाएको छ।
मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन सरदर जुन १३ मा भित्रिने गरे पनि यो पटक जुन ११ अर्थात जेठ २९ गते नै मनसुन भित्रिएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...