सत्ताधारीको भागबण्डाः एमाले ८, रास्वपा २ र माओबादीले १ देशको राजदूत पाउने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सत्ताधारीको भागबण्डाः एमाले ८, रास्वपा २ र माओबादीले १ देशको राजदूत पाउने

काठमाडौं। सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये प्रमुख तीन दलले राजदूतमा भागबण्डा गरेर राजदूत पठाउने सहमति गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति तथा गृहमन्त्री राबी लामिछानेबीच भएको बैठकमा राजदूतको भागबण्डा बारे सहमति जुटेको हो।

बालुवाटार स्रोतका अनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ। रास्वपाले २ र माओवादीले एक देशको राजदूत पाउने पक्का भएको छ।

सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले समेत राजदूतमा दाबी गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ। यसअघि फिर्ता बोलाउँदा माओवादी निकटका राजदूतलाई छाडिएकाले अहिले एमालेले बढी भाग पाउने गरी सहमति गरिएको बताइएको छ।

गत जेठ २४ मा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायल गरी १२ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ७, १७: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ७, १७: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ७, १७: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...