हावाहुरीले गर्दा विद्युतका ६५ पोल ढलेः धनगढीका अधिकांस क्षेत्रमा विद्युत आपूर्ती अबरोध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हावाहुरीले गर्दा विद्युतका ६५ पोल ढलेः धनगढीका अधिकांस क्षेत्रमा विद्युत आपूर्ती अबरोध

धनगढी। हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा ६५ वटा विद्युतका पोलहरू ढलेपछि नगर क्षेत्रका अधिकांस भागमा विद्युत आपूर्तीमा अवरोध भएको छ।

नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रअनुसार बुधवार साँझको हावाहुरीले धनगढीमा ठुलो क्षति गरेको हो।

धनगढी उपमहानगरपालिका–१०, ७, ८, १२, १८ र १९ नम्बर वडा क्षेत्रका विद्युतका पोल ढलेका छन्। पोल ढलेपछि बुधवारदेखि धनगढी उपमहानगरपालिका क्षेत्रका तीन हजार बढी ग्राहकहरू प्रभावित भएका छन् ।

धनगढी वितरण केन्द्रअनुसार मर्मतको काम जारी रहेको छ। शुक्रवार साँझसम्म मर्मतको काम पूरा हुने र विद्युत् सेवा सुचारु हुने बताइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ७, १७: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ७, १७: १९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार ७, १७: १९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...