संघीय संसदका कर्मचारीको माग पुरा गर्न मन्त्री गिरिको संयोजकत्वमा समिति गठन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संघीय संसदका कर्मचारीको माग पुरा गर्न मन्त्री गिरिको संयोजकत्वमा समिति गठन

काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

समितिको सदस्यमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थ सचिव मधुकुमार मरासिनी छन्। समिति गठन गर्ने सरकारको निर्णयपछि संसदीय मामिला मन्त्री गिरिले आज भोलिमै यथोचित मागहरू वार्ताबाट सम्बोधन गरिने संचाकर्मीलाई बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा सभामुखज्यू, राष्ट्रिय सभाको अध्यक्षज्यू, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसद्का कर्मचारीहरूले जुन सेवा सुविधाको माग गरेर आन्दोलन गर्नुभएको छ। उहाँहरूको मागलाई सम्बोधन गरेर संसद्लाई पनि सुचारु गरेर लैजान समिति गठन भयो। त्यसले आजबाट काम सुरु गर्दछ । आज भोलिमै यो विषय टुङ्ग्याउँछौँ।’

संसद् सचिवालयका कर्मचारीहरूले भने विरोध प्रदर्शन जारी राखेका छन्। संसद् भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरू बोकेर विरोध प्रदर्शन गरेका थिए।

संसद् सचिवालयका कर्मचारीहरूले एक सातादेखि अतिरिक्त समयमा गरेको कामको पारिश्रमिक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखी विरोध प्रदर्शन गरिरहेका छन्।

उनीहरूले संसद् सेवाको कर्मचारीहरूमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद् भवन परिसरमै विरोध जनाएका थिए।

संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भइरहेका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ९, १५: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ९, १५: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ९, १५: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...