
धरान। पूूर्वनिर्धारित कार्यक्रमअनुसार बृक्षारोपणमा हिडेका कांग्रेस नेता डा.शेखर कोइराला पहिरोका कारण कार्यक्रम स्थलमा पुग्न सकेनन्।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान उपमहानगरपालिका वार्ड नं–२० मा पर्ने विकट क्षेत्र बिष्णुपादुकाको बङ्सिलामा बृक्षारोपण कार्यक्रम राखेको थियो।
बाटोमा पहिरो आएको र ढुङ्गा खस्न नरोकिए पछि नेता कोइरालाले निर्धारित स्थान भन्दा ३ किलोमिटर वरकै दूरीमा लालिगुराँसको बिरुवा रोेपेर बिराटनगर फर्केका छ्न्।
पहिरोले बाटो अवरुद्घ भएपछि कोइरालाले डेढ घण्टा जति स्थानीयसँग भलाकुसारी गरेका थिए। धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रुपमा विकट मानिन्छ।
लालीगुराँस संरक्षण अभियानमा जोडिए डा.शेखर

कांग्रेस नेता डा.शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन्। धरानको विकट क्षेत्र बङ्सिलामा लालिगुराँस रोपेर उनले संरक्षण अभियान सुरु गरेका हुन्।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुराँस रोपेर अभियान थालनी गरेको छ। गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजलेमा समेत गुराँस मासिदै गएपछि डा.शेखरले चासो दिएका छन्।

बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे। यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रुपमा स्थापित हुने धारणा राखे।

धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालिगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने उनले बताए।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...