
काठमाडौं। कलंकीस्थित ट्रेड सेन्टरका सटरहरु भाडामा उपलब्ध गराउने भनी ठगी गर्ने एक ल्याण्ड डेभलपमेन्टका संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडैंले कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक नरेन्द्र बज्राचार्यसमेत ६ जनालाई सेन्टरका सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई साढे १३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बज्राचार्यसमेत काठमाडौं–१६ का राजु महर्जन, ललितपुर कुपन्डोलका राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जनकुमार श्रेष्ठ, कास्की रुपा गाउँपालिकाका चिरञ्जिवी पौडेल र स्याङ्जा वालिङका शान्तिरमण पंगेनी छन्।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर पक्राउ गरी ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...