
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई पार्टी अध्यक्ष रबी लामिछानेलाई जोगाउने मात्रै चिन्ता रहेको बताएका छन्।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनको मंगलबार उद्घाटन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्ना अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने। एउटा दलको चिन्ता त्यतिमात्रै छ’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति संकेत गर्दै महामन्त्री शर्माले भने।
उनले आफ्नो दलको अध्यक्ष लामिछानेलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने मात्रै चिन्ता रास्वपामा देखिएको बताए।
नेकपा एमालेलाई परेको चिन्तामा गिरीबन्धु टी–इस्टेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउनुमा रहेको शर्माले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार जोगाउने संख्याको चिन्तामात्रै रहेको महामन्त्री शर्माको भनाई थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...