प्राधिकरणद्वारा एनएसीका अध्यक्ष अधिकारीलाई निलम्बनः दुई पाइलटलाई उडानमा रोक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्राधिकरणद्वारा एनएसीका अध्यक्ष अधिकारीलाई निलम्बनः दुई पाइलटलाई उडानमा रोक

काठमाडौ। अनुमति नलिएर मापदण्ड विपरीत नेपाल वायु सेवा निगमको वाइडबडी जहाजलाई सी–चेकका लागि इटाली पठाएको भन्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले मंगलबार निलम्बन गरेको छ।

सोही प्रकरणमा संलग्न भएको आरोप लगाउँदै क्यानले नेपाल बायु सेवा निगमका दुई पाइलटलाई कारबाही गरेको छ। क्यानका्े अनुमति नलिएरै वाइडबडी जहाजलाई सी–चेकका लागि इटाली लैजाने नेपाल एयरलायन्सका दुई पाइलट क्याप्टेन महेश्वरमान डंगोल र क्याप्टेन रमन घिमिरेलाई उडान लाइसेन्स प्रयोगमा रोक लगाएको छ।

उड्डयन प्रधिकरण ऐन, २०५३ को दफा ३१ उल्लंघन गरेको भन्दै क्यानले अधिकारीलाई छानविन नसकिँदासम्म पदको कार्य गर्न रोक लगाएको हो। उनले वाइडबडीलाई इटाली पठाएर अलपत्र छाड्ने कार्य गरेको क्यानको भनाई छ।

दुईवटा वाइबडीमध्ये कल साइन नाइनएन एएलवाई भएको जहाज यात्रुसहित आइतबार राति दुबई पुगेको थियो। त्यहाँबाट अधिकारीकै जोडबलमा उक्त जहाजलाई दुबईबाटै इटाली पठाइएको थियो।

जहाजको सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ। तर, सी–चेकका लागि क्यानसँग अनुमति नलिएरै नेपाल एयरलाइन्सले अन्तिम समयमा इटालियन कम्पनी एटिटेक एसपीएलाई जिम्मा दिएको थियो।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए। एटिटेकले ७ लाख ४० हजार र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९९ हजार अमेरिकी डलर प्रस्ताव गरेका थिए।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो।

उड्डयन प्रधिकरण ऐन, २०५३ को दफा ३१ उल्लंघन गरेको भन्दै क्यानले दुवैलाई छानविन नसकिँदासम्म दुई पाइलटलाई ग्राउन्डेड गरिएको हो।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको जनाइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ११, १९: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ११, १९: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ११, १९: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...