दिल्ली रक्सी घोटाला प्रकरणमा सीबीआईद्वारा केजरीवाल पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दिल्ली रक्सी घोटाला प्रकरणमा सीबीआईद्वारा केजरीवाल पक्राउ

नयाँ दिल्ली। दिल्ली रक्सी घोटाला प्रकरणमा भारतको (केन्द्रीय अनुसन्धान व्यरो) सीबीआईले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। सीबीआईले केजरीवाललाई आज (वुधबार) बिहान तिहाड जेलबाट राउज एभिन्यू अदालत लगेको हो।

केजरीवाललाई भ्याकेसन बेन्चका न्यायाधीश अमिताभ रावतको समक्ष पेश गरिएको थियो।

त्यसबेला सीबीआईले उनलाई हिरासतमा राख्न माग गरेको थियो। उनी मदिरा नीतिलाई अनुमोदन गर्ने जिम्मेवारीमा रहेकाले सीबीआईले पक्राउ गरेको बताइएको छ।

अनुसन्धान एजेन्सीले घुस लिएपछि दिल्लीको अन्तःशुल्क नीति २०२१–२२ मा सरोकारवालाको इच्छाअनुसार संशोधन गरेको आरोप लगाएको छ।

केजरीवालका वकिल विक्रम चौधरीले यसको विरोध गरेका छन्। उनले भने– ‘केजरीवाललाई अर्को मुद्दामा न्यायिक हिरासतमा रहेका बेला सीबीआईले पक्राउ गरेको थियो। कुनै आदेश पारित भएको छैन र हामीलाई थाहा छैन। जसरी यस्तो गरिएको छ त्यो गम्भीर चिन्ताको विषय हो र संविधानको धारा २१ को उल्लङ्घन हो।’

अरविन्द केजरीवालको गिरफ्तारीको बारेमा हामीले मिडियाबाट थाहा पायौं। सीबीआईले दायर गरेको रिमाण्ड निवेदनको प्रतिलिपि पनि हामीलाई दिनुपर्छ भन्ने हाम्रो माग छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १२, १५: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १२, १५: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार १२, १५: ५७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...