लहान । सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वाको वन क्षेत्र अतिक्रमण गरी बनाइएको चार कोठे पक्की भवन डिभिजन वन कार्यालय लहानले भत्काएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जनाए।
निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको झाले बताए।
२०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको थियो।
‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेका थियौं। उनले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गरे’, प्रमुख झाले भने, ‘सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौं।’
सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिए।
मधेश प्रदेश सरकारको चालू आव २०८०-८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उनले बताए।
वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताए।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...