
काठमाडौं। संयुक्त अरव इमिरेट्स (युएई)को दुबई शहरमा आयोजना हुने एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई प्रहरीले विहीबार जहाजबाटै फर्काएको छ।
अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकापछि गायक राईलाई विमानस्थलबाट फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) रामदत्त जोशीले बताए।
उनी फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए। डीआईजी जोशीले भने, ‘अत्यधिक मदिरा सेवन गरेका कारण रोकिएको हो। उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ।’
गायक राई बोर्डिङ पास लिएर जहाजमा समेत पुगिसकेका थिए। जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...