सत्तारुढ सांसद बाँस्कोटाको प्रश्न– किसानलाई रुवाएर सरकार हाँसेर बस्ने? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
किसानले सडकमा गाई भैंसी छोड्नु पर्ने चेतावनी

सत्तारुढ सांसद बाँस्कोटाको प्रश्न– किसानलाई रुवाएर सरकार हाँसेर बस्ने?

काठमाडौं। सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुको करिव पाँच अर्ब रुपैयाँ भुक्तानी नदिएर सरकारले किसानलाई रुवाएर बसेको दाबी गरेका छन्।

प्रतिनिधिसभा विहीबारको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद बाँस्कोटाले सरकारका मन्त्रीहरु किसानलाई रुवाएर आफूहरु भने हाँसेर बसेको अरोप लगाए।

किसानहरूको रकम भुक्तानी गर्न सरकारसँग आग्रह गर्दै उनले दुग्ध किसानहरुले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेकाले तत्काल भुक्तानी दिन माग गरे।
उनले करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै आपत्ति पनि जानाए।

बाँस्कोटाले भने,‘दुग्ध किसानहरुले सरकारबाट ५ अर्ब बढी रकम पाउन सकेका छैनन्। किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं। किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो? जनताको सरकार होइन? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन?’

उनले सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए। जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने उनले बताए।

‘दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो?’ वाँस्कोटाले प्रश्न गरे।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १३, १९: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १३, १९: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १३, १९: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...